मुख्य समाचार

प्रहरी नायब निरीक्षक (सई) घुस सहित पक्राउ

जनकपुर,५ पाैष । धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।


advertisement

दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: