लागु औषध सहित चार जना पक्राउ

meropati

काठमाडौ,५ पुस । पोखराबाट प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका-८ बस्ने ३६ वर्षीय गौमती सुनार, सिदार्थनगर नगरपालिका-१ बेकहिया बस्ने २६ वर्षीय प्रकाश पुन, भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षीय महबुब आलम र सोही स्थान बस्ने ३४ वर्षीय बालेश्रर प्रजापती रहेका छन् ।

कास्की प्रहरी टोलीले पोखरा-२७ हमालचोकबाट उनीहरूलाई पक्राउ गरेको हो । लागुऔषध कारोबार भइरहेको छ भन्‍ने विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट जेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा डाइजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागुऔषध प्रहरीले बरामद गरेको छ ।



साथै उनीहरूको साथबाट ११ हजार ४० भारतीय रुपैया र ३ हजार २४५ नेपाली रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका सबैजनामाथि लागु औषध अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: