नुवाकोटमा मिनिट्रक दुर्घटना, २ को मृत्यु, ६ घाइते घाईतेलाई थप उपचारका लागी काठमाण्डौ पठाईयो

meropati

बुटवल,६ पौष । जिल्लाको नुवाकोट बिदुर नगरपालिका ६ मुन्थला स्थित हाल बन्दै गरेको मुन्थला चैनपुर भित्री सडक खण्डमा नागार्जुन कन्ट्रक्सन कम्पनी प्रा.लि. नुवाकोटले बनाउदै गरेको मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदारहरु बोकेको बा २ क ७९१० नं.को मिनिट्रक सडक देखी १०० मिटर तल खसी दुर्घट्ना हुदा आइचरमा सवार २ जनाको घट्ना स्थलमा नै मृत्यु भएको छ  ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला रसुवा नौ कुण्ड गाउपालीका ३ लाङटाङ बस्ने वर्ष १९ को सुदिप तामाङ र खोटाङका वर्ष १९ को अनिल तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनु भयो ।



घाइते हुनेमा जिल्ला जाजरकोट स्याला गाउपालीका बस्ने वर्ष १८ को बिमल सुनार नुवाकोट ककनि गाउपालीका १ बस्ने वर्ष ३८ को गाडी चालक गणेश बलामी, जाजरकोट भेरी नगरपालीका २ बस्ने वर्ष २२का टंकराज सुनार सोही ठाउका वर्ष २४ का हेमराज ठकुरी वर्ष ३० का तिलक खत्री नुवाकोट बिदुर नगरपालिका ६ मुन्थला बस्ने वर्ष ४५ का सचित कुमार रिमाललाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ । दुर्घटना आईतबार बिहान ८ः१५ बजे भएको हो ।

गाडी घुमाउरो सडक बाट सय मिटर तल खसेको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव निरीक्षक विकल भट्टराइले जानकारी दिनु भयो । घाइतेको उद्दार स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: