मिश्र माथि हातपात नगरेको कांग्रेसका सांसद : शाह

meropati

बुटवल, ६ पौष । श्याम कुमार मिश्र माथि शनिबार साझं भएको दुखद घटनामा संलग्नता नरहेको स्पष्टोक्तिका साथ कांग्रेसका सांसद शाहले प्रेस विज्ञप्ति जारी गरेका छन ।

कृष्णनगर भन्सार ऐजेन्ट श्याम कुमार मिश्र माथि हिजो घटेको दुखद घटना प्रति आफु गम्भीर भई अनुसन्धान गर्न स्थानिय प्रशासनलाई आग्रह गर्दै यश घटनामा मेरो संलग्नता नरहेको कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेसका सांसद अभिषेक प्रताप शाहले आफ्नो प्रेस विज्ञप्तिमा लेखेका छन ।



सांझ ६ बजे घटे्को सो घटनामा मेरो ड्राइभर शशी कश्यप र श्याम मिश्र बीच गालीगलौज हुदां ड्राइभर र मिश्रबीच कुटाकुट भएको हो र मैले समझाउंदा मलाई पनि गाली गरेको सांसद शाहले विज्ञप्तिमा भनेका छन ।

उता अभिनेता श्याम कुमार मिश्रलाई टाउको र अनुहारमा चोट लागेका कारण शिवराज अस्पतालले सिटिस्क्यानका लागि बुटवल रिफर गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: