नागरिकता विधेयक सताइएका मानिसलाई ल्याइएको हाे : भारतीय प्रधानमन्त्री मोदी

meropati

काठमाडौ,७ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भएका प्रदर्शनका बीच हालै जारी भएको नागरिकता सम्बन्धी कानूनको बचाउ गरेका छन् ।दिल्ली चुनावी -यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नागरिकता ऐनबारे भ्रम फैलाइएको आरोप लगाए ।

उनले तोडफोडको निन्दा समेत गरेका छन् । नागरिकता विधेयक सताइएका मानिसहरुलाई सहयोग गर्नका लागि ल्याइएको उनकाे भनाइ थियाे ।



प्रधानमन्त्री मोदीले सांसद र संसदको सम्मान गर्न पनि भनेका छन् । मुसलमान विरोधी भनी आलोचना भएको सो कानूनको विरोधका क्रममा भएका प्रदर्शनमा हालसम्म २३ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतीय प्रहरीले हजारौँलाई हिरासतमा लिइसकेको छ र कैयौँ स्थानमा इन्टरनेट बन्द गरिएको छ । सो कानुनले छिमेकी तीन देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: