मुख्य समाचार

जग हालेको नौ बर्ष बित्यो तर पुल बनेन

हेटौडा,७ पुस । नौ बर्ष अघि निर्माण सुरु भए पनि मकवानपुर र सिन्धुली जिल्ला जोड्ने पक्की पुल हालसम्म निर्माण सम्पन्न हुन सकेकाे छैन । मदन भण्डारी राजमार्ग निर्माण प्रभावित भएको छ । मदन भण्डारी राजमार्गमा निर्माण हुने ३४ वटा पुल मध्ये बामगती पुल सबै भन्दा बढी लागतको बलियो संरचना हो । २०६८ साल असार २९ गते स्वच्छन्द निर्माण सेवा प्रा‍‍‌ लि ले सम्झौता गरी निर्माणको जिम्मा लिएको पुल २०७३ साल असार २८ गते सम्पन्न हुनु पर्ने थियो ।

पुलका खम्बाहरु ठडिएको लामो समय हुदा पनि निर्माणले गति लिएको छैन ।  पटक पटक निर्माण कम्पनीलालाई पुल चाँडो सम्पन्न गर्न ताकेता गरिए पनि काम चित्त बुझ्दो ढंगले  हुन सकेकाे छैन । पुलको भौतिक प्रगति ६० प्रतिशत मात्र भएको आयोजना कार्यालय हेटौँडाले जनाएको छ । निर्माणाधीन पुलको लम्बाई ४०३ मिटर छ ।


advertisement

यद्यपि, प्रतिबद्धता अनुसार पर्याप्त जनशक्ति र उपकरणहरु प्रयोग नभएकाले समयसीमाभित्र काम सम्पन्न हुनेमा आयोजना कार्यालय सशंकित बनेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । ‘प्रतिबद्धता अनुसार निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न नगरेमा आयोजनाले ठेक्का रद्द गरी कारवाही गर्नेछ’, प्रमुख पौडेलले भन्नुभयो–‘निर्माण कम्पनीसँग ठेक्का रद्द गरी पुनः टेन्डर गर्दा राज्यले थप भार व्यहोर्नुपर्ने हुन्छ ।’ कार्यप्रगति कमजोर हुँदा आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेश्कीबापतको २ करोड ६१ लाख रुपियाँ निर्माण कम्पनीसँग आयोजना फिर्ता लिएको छ ।

९ बर्षअघि ४२ करोड आठलाख रुपैया“को लगात अनुमान गरिएको पुल निर्माण कम्पनीले करिब ४३ प्रतिशत कम मूल्यांकनमा २३ करोड ३७ लाख रुपैया“मा स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले ठेक्का सकारेको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जिल्लामा ११५ किलोटिर सडक खण्डमा बागमती पुलसहित ३४ वटा पुल रहेका छन् । सबै पुलको लम्बाई २ हजार १ सय १५ मिटर रहेको छ भने २१ वटा पुल निर्माण सम्पन्न भइरहेको आयोजनाले जानकारी दिएको छ । शिवकुमार काशीले गोरखापत्रमा लेखेका छन ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: