मुख्य समाचार

नेत्रविक्रम चन्द विप्लव समुहका २१ जना नेता पूर्पक्षका लागि कारागार चलान

दाङ,८ पुस । दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी पक्राउ गर्न प्रहरी तयार अबस्थामा रहेका कारण उनिहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।


advertisement

अदालतको आदेश अनुसार धरौटीमा छुट्टे तयारी गरेका नेताहरुलाई प्रहरीले अन्य मुद्धामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिईएको पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द वीरजंगले जानकारी दिए ।

अदालतबाट छुट्ने बित्तीकै प्रहरीले अन्य मुद्धा लगाएर गिरफ्तार गर्ने देखिएका कारण २१ जना नेताहरुलाई अदालतले कारागार चलान गरेको हो

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: