युवा रेडक्रस स्वयंसेवक बिनिमय कार्यक्रम भैरहवामा सम्पन्न

meropati

भैरहवा, ८ पुस । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय जुनियर युवा कार्यालयबाट १ महिना को लागी रेडक्रस रुपन्देहीका बिभिन्न बिद्यालयहरुमा संर्कल गठन पुनर्गठन तथा अभिमुखिकरण र तालिमहरु सम्पन्न पश्चात समिक्षा बैठक सम्पन्न गरिएको छ ।

कार्यक्रमको अध्यक्षता रुपन्देही रेडक्रस सभापति प्रेमलाल उदासले गर्नु भएको थियो भने क.वा मन्त्री आर मोहम्मद खाँ , जुनियर युवा रेडक्रस समिती रुपन्देहीका संयोजक अर्जुनराज उपाध्याय सदस्य कृष्ण न्यौपाने सदस्य रेशम खनाल साथै मणिग्राम उपशाखाको जुनियर युवा रेडक्रस समितीका संयोजक गुरुराज उपाध्यायले मन्तव्य राख्दै कार्यक्रमको औचित्यका बारेमा बोल्नु भएको थियो ।



केन्द्रीय जुनियर युवा रेडक्रस कार्यालयका अधिकृत रमेशराज भण्डारी र युवा स्वयंसेवक बन्दना पोखरेलबाट प्रस्तुती करण गरिएको कार्यक्रमको संचालन रुपन्देही रेडक्रसका जिल्ला शाखा अधिकृत कृष्ण मल्लले गर्नु भएको बुटवलबाट प्रकाशित राष्ट्रय दैनिक पत्रले मंगलबारको पृष्ठ ३ मा खबर छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: