भैरहवामा सञ्चालित अरनिको सहकारी सस्थाको १९ औ बार्षिक साधरण सभा सोमबार सम्पन्न

meropati

बुटवल, ८ पुस । अरनीको बहुद्देश्यीय सहकारी संस्थाको १९ औ बार्षिक साधारण सभा भैरहवामा सोमबार सम्पन्न भएको छ । साधारण सभा मा एसईई परिक्षामा उत्कृष्ट २ जना र जेष्ठ शेयर सदस्यलाई सम्मानित गरिएको संस्थाका अध्यक्ष धुसुदन आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुनु भएका आशिष मरासिनी र प्रश्न ज्ञवालीलाई कदरपत्र र नगद पुरस्कार दिएर सम्मान गरीएको थियो ।

त्यसै गरी जेष्ठ सेयर धनी सदस्य सफिक मुसलमान, उदयराम पौडेल, ठाकुरचन्द्र शर्मा, ईस्वरी प्रसाद खड्का , याम बहादुर रसाईली सोमराज सिग्देल र शालिकराम उपाध्यायलाई कदरपत्र दोसल्ला ओढाई सम्मान गरिएको थियो सबैलाई प्रमुख अतिथि संस्थाका जेष्ठ शेयर धनी सदस्य सफिक तेली मुसलमान ,बिषिष्ट अतिथि रामप्रसाद श्रेष्ठ,अध्यक्ष मधुसुदन आचायले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष महासचिवको प्रतिबेदन पारित गरिएको थियो भने लेखा समिति संयोजक लक्ष्मण पौडेलले बार्षिक लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।



कार्यक्रममा लक्ष्मण पौडेल ,कृष्ण बहादुर रिमाल, दिर्घराज काफ्ले, सिता ढुंगाना, माधव कोईराला,उदयराम पौडेल,धुव्र नारायण त्रिपाठले मन्तव्य राख्दै सहकारीका बेलामा चर्चा गर्नुभएको थियो । साधारण सभाले राजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा रमेश सिंह र कृष्ण बहादुर रिमाल सदस्य रहेको नयाँ लेखा समिति निर्विरोध चयन गरिएको छ ।

लक्ष्मण पौडेलले कार्यब्यस्तताले राजीनमा दिए पछि नयाँ समिति चयन गरिएको थियो । सहकारीमा २८७ जना शेयर सदस्य रहेका छन् । जस्मा १५० महिला सदस्य र १३७ पुरुष सदस्य छन् । १ करोड २४ लाख ३४ हजार ३ सय शेयर पुँजी रहेको यस सस्थामा बचतको रुपमा २ करोड ४० लाख २३ हजार ६ सय २६ रुपियाँ रहेको सस्थाका अध्यक्ष मधुसुदन आचायले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: