पक्राउ गरिएका चिनियाँ नागरिकहरुको विवरण माग : अनुसन्धान जारी

meropati

काठमाडौ, ८ पुस । काठमाडौँ प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले पक्राउ गरिएका चिनियाँ नागरिकहरुको विवरण माग्ने काम भइरहेको र थप यस्ता संकास्पद व्यक्तिहरुको खोजिकार्य जारिरहेको बताउनुभएको छ ।

उहाँले सोमबार काठमाडौंका विभिन्न स्थानबाट समातिएका १२२ जना चिनियाँ नागरिकको अवस्थाबारे थप जानकारी लिन नेपाल स्थित चिनियाँ राजदुतावाससँग विवरण माग्ने काम भइरहेको भन्दै विवरण पाएपछि उनिहरुको विगतको अवस्थाबारे जानकारी हुने बताउनुभयो ।



नेपाल प्रहरीलाई केहि दिन अघि ठूलो संख्यामा विदेशी नागकिहरुबाट समुहगत रुपमा संकास्पद गतिविधि गरिरहेको सूचना प्राप्त भएको र त्यो सूचनाका आधारमा चिनियाँ नागरिकहरु सोही आवस्थाबाट पक्राउ गर्न प्रहरी सफल भएको बताउनुभयो ।

उनीहरुबाट ठूलो परिणाममा मोबाइल, ल्यापटपजस्ता समाग्रीसमेत बरामद गरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा राखिएको बताउदै उहाँले पक्राउ पर्ने १२२ जना एकै समूहका भएको र नेपाल आइपुगेपछि विभिन्न समूहमा बाँडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

परिसर प्रमुख सुवेदिले भन्नुभयो, ‘एकै समूहमा आएर छरिएकाले ठूलो वित्तीय ठगी गर्न नेपाल प्रवेश गरेको आशंका प्रहरीले गरेको छ । अहिले उनीहरुले प्रयोग गर्ने ल्यापटप तथा मोबाइलको अनुसन्धान भइरहेको छ । यो अनुसन्धानबाट थप कुरा खुल्न सक्छ । हामीलाई यस्ता अरु पनि व्यक्तिहरु लुकेर बसेको सूचना आएको छ र त्यसका लागि अप्रेशन जारीछ’ ।

यसअघि पनि बैंक ह्याकिङ प्रकरणमा संलग्न आठ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएपनि कारवाही फितलो भएको भन्ने प्रसंगमा सुवेदीले नेपालको प्रचलित कानुन अनुसार कारवाही हुने र विदेशी नागरिक पक्राउ परेको अवस्थामा भएका कानुन अनुसार कारवाही गर्न प्रहरी कटिबद्धरहेको बताउनुभयो ।

उहाँका अनुासर काठमाडौंका विभिन्न स्थानमा घर नै भाडामा लिएर कार्यालयको संरचना खडा गरी चीनमा आर्थिक अपराध गरिरहेको सूचनाको प्राप्त भएको छ र उनिहरुको संख्या अझै ठूलो हुनसक्ने अनुमान प्रहरीको छ ।

सुवेदीले भन्नुभयो,‘अहिले यसको विषयमा थप अनुसन्धान भईरहेको छ । उनिहरुले संगठित रुपमा संकास्पद काम गरिरहेको भेटिएको छ । इलेक्ट्रोनिक समानहरुको प्रयोग गरेका छन् ।

टुरिष्ट भिषामा आएर नेपालमा बसेको र अपराधमा सम्लग्न रहेको उनिहरुले प्रयोग गरिरहेका ल्यापटप, मोबाइल र कम्प्युटर लगायतका सामाग्रीको प्रयोबाट पनि अनुसन्धान गर्न सहज भएको छ । राजदुतावासबाट थप विवरण आएपछि कडाइका साथ अनुसन्धान अगाडी बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: