तराईमा हुस्सु र कुहिराे : एक/दुई दिन पानी पर्ने र हिमपातकाे सम्भावना छैन

meropati

काठमाण्डाै, ९ पुस । अहिले देशका धेरै ठाउँको मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लागेको छ । केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले हुस्सु र कुहिरो लागेको ठाउँमा पनि दिउँसो घाम लाग्ने सम्भावना छ । केही ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहनेछ ।



नेपालमा कुनै पनि नयाँ प्रणाली नदेखिएकाले अबको एक दुई दिन पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको उहाँले बताउनुभयो ।

काठमाण्डाैकाे बुधबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएकाे साेमबार पनि काठमाण्डाैको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: