खण्डग्रास सूर्यग्रहण समयमा के गर्नुहुने, के गर्न नहुने ?

meropati

काठमाडौं,१० पुस । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटमा ग्रहणले स्पर्श गर्नेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।
पाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताएअनुसार, ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकले भोजन गर्नु हुँदैन । शास्त्रीय रूपमै यीबाहेकका व्यक्तिमा भोजन निषेध गरिएको उनको भनाइ छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य वर्जित छन् । तर, वैज्ञानिकहरू भने यसमा सहमत छैनन् ।

र्य ग्रहणको समयमा हुने घटना र गर्न नहुने



  1. सूर्यबाट हानिकारक विकिरणहरु अत्यधिक मात्रामा उत्सर्जित हुन्छन् । त्यसैले ग्रहणको समयमा नाङ्गो आँखाबाट सूर्यलाई हेर्नु हुँदैन । पराबैजनीलगायत हानिकारक विकिरणहरु छेक्ने विशेष प्रकारको चस्मा लगाएर मात्र सूर्य ग्रहण हेर्न सकिन्छ । हानिकारक विकिरण आँखामा परेमा ज्योति गुम्ने सम्मको जोखिम हुन्छ ।
  2. सूर्यको प्रकाश केही मधुरो हुने र हावाको तापक्रम केही मात्रामा (अधिकतम ३ डिग्रीसम्म) घट्न सक्छ । त्यस्तै गरी हावाको बहावमा केही बदलाव आउन सक्छ । तर, यसले जनजीवनमा उल्लेख्य असर गर्दैन । जनावरहरुको गतिविधि एवं व्यवहारमा केही फरकपना आउन भने सक्छ ।
  3. सोलार तथा हावाको ऊर्जा प्रयोग गरी बनाइएको विद्युत गृहबाट उत्पादन हुने बिजुलीमा केही कमी आउन सक्छ ।
    अन्धविश्वासहरु

    1. ग्रहणले मान्छेको मृत्यु हुने, फसलमा क्षति पुग्ने तथा प्राकृतिक प्रकोप हुनेजस्ता विश्वासहरु अन्धविश्वासभन्दा बढी केही होइनन् । किनकि, यस्ता विश्वासहरुमा विज्ञानसम्मत कुनै कारण भेटिन्न ।
    2. ग्रहणको समयमा गर्भवति महिला तथा गर्भभित्रको बच्चामा खतरनाक असर हुन्छ भन्ने कुरा पनि अन्धविश्वास मात्र हो । ग्रहणको समयमा सूर्यलाई नाङ्गो आँखाले नहेर्ने हो भने गर्भवति आमाहरु पनि अन्य मानिसहरु सरह निर्वाध रुपले हिँड्डुल गर्न सकिन्छ । उनीहरु भयभित हुनुपर्ने कुनै कारण छैन ।
    3. सूर्यग्रहणले मानव व्यवहारमा नकारात्मक असर पर्छ भन्ने कुरा पनि अन्धविश्वास हो । यस्तो कुराको कुनै विज्ञान सम्मत प्रमाण छैन । त्यस्तै गरी ग्रहणले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर गर्छ भन्नेजस्ता सबै कुराहरु अन्धविश्वास मात्र हुन् । ग्रहणको यी कुराहरुसँग कुनै नाता भएको विज्ञान सम्मत आधार भेटिन्न ।
    4. सूर्यग्रहणको अवधिभर खाना खानु हुँदैन भन्ने कुरामा पनि कुनै वैज्ञानिक कारण छैन । यो पनि केवल अन्धविश्वास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: