जङ्गलमा पुरुषको जस्तो देखिने मानव कङ्काल फेला

meropati

काभ्रेपलाञ्चोक, १० पुस । बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको  छ ।

बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको  खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको थियो ।



शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: