९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटना १४ जनाको ज्यान गयो

meropati

काठमाण्डौ,११ पुस । ९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटना भएको अन्तराष्ट्रिय मिडियाँले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटना ग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यति बेला दुर्घटना स्थल पुगेका छन् । अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

केहीको जिवितै उद्धार पनि गरिएको छ । कम्तीमा ३५ जना घाइते भएका छन् जसमध्ये ९ जना बालबालिका रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो ।



विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटन अघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । घटनास्थल नजिकै भएका रोयटर्सका पत्रकारले दुर्घटना भएको ठाउँमा अत्यधिक कुहिरो भएको बताए पनि दुर्घटनाको निश्चित कारण भने पत्ता लाग्न सकेको छैन । दुर्घटना पछि विमानमा आगो भने नलागेको बताइएको छ । कजाकिस्तानका गृहमन्त्रीले मृतक मध्ये ६ जना बालबालिका रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: