डाेटीमा छाउगोठ हटाउन जिल्ला व्यापी अभियान शुरु

meropati

डोटी,११ पुस ।  जिल्ला प्रशासन कार्यालय डाेटीले जिल्लामा रहेका  छाउगोठ हटाउन जिल्ला व्यापी अभियान शुरु गर्दै छ । महिनावारी भएका महिलालाई छाउगोठमा राख्नेलाई कारबाही गर्ने समेत जानाएकाे छ । अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने परम्परा र छाउगोठ रहेका छन् । प्रशासनले छाउगोठ भत्काउनका लागी सबै गाउपालीकालाइ पत्राचार गरेको छ ।

प्रहरी प्रशासन डोटीले ग्रामीण क्षेत्रमा भएका छाउगोठको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । सुदूरपश्चिममा अहिले सम्म छाउपडी प्रथाकाे कारण १२ जना महिलाले ज्यान गुमाइ सकेकाे विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख रहेका छन् ।



गृह मन्त्रालयले डोटी लगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई भत्काउन समुदाय, स्थानीय तह र प्रहरीको सहकार्यमा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पछि छाउगोठ राख्ने र छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारबाही गर्न सुरु भएकाे हो ।

महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायम रहेको केआईसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय डोटीले गएको बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि ठाउँमा छाउगोठ नराख्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो, ‘छाउगोठ राख्ने र बस्न बाध्य बनाउनेलाइ हामी कारबाही गर्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: