मकवानपुरमा सुमो दुर्घटना ३ को मृत्यु ५ घाइते

meropati

हेटौँडा, ११ पुस । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् । चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नं

को सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: