भारतमा नागरिकता विधेयक संशोधनप्रति असहमति

meropati

काठमाडाै, ११ पुस । भारतीय संसद्बाट हालै भएको नागरिकता विधेयक संशोधनका विषयमा दक्षिण एसियाली स्वतन्त्र नागरिकको समूहले असहमति जनाएका छन् । दक्षिण एसियाली मुलुकका १४ जना नागरिकले बिहीबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान, बंगलादेश र अफगानिस्तानका गैरमुस्लिमलाई भारतीय नागरिकता दिने उद्देश्यले विधेयक संशोधन गरिएको भन्दै यसप्रति असहमति जनाएका हुन् । उक्त कानुन मुस्लिमलाई लक्षित गरेर विभेदकारी ढंगले ल्याइएको उनीहरूको दाबी छ। उनीहरुले धर्मनिरपेक्ष संविधान भएको मुलुकमा धर्मका आधारमा नागरिकमाथि गरिने विभेद स्वीकार्य नहुने जनाएका छन् । दक्षिण एसियामा शान्ति र आपसी समझदारीको पहल गर्नुपर्ने बेलामा विधेयकले भूराजनीतिक विभाजनको अवस्था ल्याउनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भारतमा एकपछि अर्काे गर्दै देशभर ल्याइएको नागरिकता विधेयक संशोधनको प्रावधानले नागरिकले असुरक्षित महसुस गरेको जनाइको छ । भारतमा अन्य सामाजिक न्यायसम्बन्धी विषयको तुलनामा नागरिकता खासै ठूलो समस्या नभएको उल्लेख गर्दै यसको कार्यान्वयनले धर्मनिरपेक्ष संविधानको मातहतमा रहेका २० करोड मुस्लिममाथि घात हुने जनाइएको छ ।



विज्ञप्तिमा प्रजातान्त्रिक बहुलवादी भारतले विविध जाति, धर्म र सांस्कृतिक समुदायबीचमा एकता, सह–अस्तित्व र आपसी सम्मानको प्रबद्र्धन गर्दै सम्पूर्ण दक्षिण एसियामै शान्ति र स्थायित्व कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कराँचीबाट अरिफ हसन, बीना सरवार, ढाकाबाट हमीदा होस्साइन, सेराजुल स्लाम चौधरी, शहिदुल आलम, लाहोरबाट आइए रेहमान, मुबाशिर हसन, कोलम्बोबाट जयदेभा युयानगोडा, ललितपुरबाट कनकमणि दिक्षित, नयनतारा गुरुङ कक्षपति र प्रत्युस वन्त, काठमाडाैंबाट महेश मास्के, स्लामाबादबाट परभेज हुडभोय र श्रीलंकाको पेराडिनियाबाट सुमाथे सिभमोहनले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: