सल्यानमा घोडाले हान्दा ८ बर्षीय बालककाे मृत्यु

meropati

सल्यान ,१२ पुस । सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हिर्काउँदा एक बालकको ज्यान गएको छ ।

वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाकाे ज्यान गएकाे हाे । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए ।



घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतककाे शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा लगिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: