मुख्य समाचार

काँग्रेसको असन्तुष्ट पक्षको भेला हुदै, विधान निलम्वन गरेको भन्दै आपत्ति

काठमाडौ, १२ पुस । नेपाली काँग्रेसका असन्तुष्ट पक्षका नेताहरुको आज छुट्टै भेला हुन लागेको छ । सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको भन्दै असन्तुष्टी पक्षले अवको रणनीति तय गर्न छुट्टै भेलाको आयोजना गरेको हो ।

भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा चन्द्र भण्डारीलगायतका असन्तुष्ट पक्षका नेताहरु सहभागी हुने जनाइएको छ ।


advertisement

महामन्त्री डा. शशांक कोइराला निवासमा असन्तुष्ट सवै पक्षको भेला हुन लागेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसको हिजो बसेको बैठकले विभिन्न विभागहरु गठन गर्ने, भ्रातृ संस्थाहरुको म्याद थप्ने, विधानका केही व्यवस्था निलम्वन गर्नेलगायतका निर्णयहरु गरेको थियो ।

भेलापछि असन्तुष्ट पक्षले औपचारिक रुपमै असन्तुष्टी र आपत्ति जनाउने तयारी गरेको छ । सभापतिको एकलौटी निर्णयले पार्टीलाई कमजोर बनाउने भएकाले यसमा आफूहरुको सहमति नभएको पौडेलले बताउनु भयो ।

सभापति देउवाको नेतृत्वमा हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गरेको छ भने त्यस अनुसारको महाधिवेशनको तालिका पनि तय गरेको छ ।

त्यसैगरी नयाँ क्रियाशिल सदस्यहरुलाई पनि महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था विधान निलम्वन गरेकोप्रति पनि असन्तुष्ट पक्षले आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: