नेकपा भन्छ : प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम हुन्छ

meropati

काठमाडौ,१३ पुस । प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ सरकारका एक मन्त्रीले  प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरू बीच कुरा नमिल्दा २ वर्ष देखि निर्णय हुन सकेको छैन । प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । यस अघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।



राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडा मध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेश सभा सदस्यहरु बीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोर मणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: