नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

meropati

 काठमाडौ,१३ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् । सीमा सम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेल सहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदर बारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गजुरेल पक्राउको पुष्टि गरे । प्रहरीका अनुसार रक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागे पछि प्रहरीले रोकेको थियो । त्यस क्रममा ढु‌ंगा मुढा हुँदा २ जना प्रहरी समेत घाइते भएका छन् ।



पोखरेलले भने, ‘घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ । घटना स्थलबाट प्रहरीको दुई मोबाइल पनि हराएको छ ।घटना पछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: