पहिरो माथि नै बस्याे भूकम्प पीडितको बस्ती

Avatar
१४ पुष २०७६, सोमबार १८:१५

सिन्धुपाल्चोक,१४ पुस । सरकारले २० परिवारका लागि एकीकृत बस्ती बसायो । दुई वर्ष नबित्दै बस्ती पहिरोको जोखिममा छ ।सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ सेपगाउँमा १४ जनाको ज्यान गयो । दर्जनौ घर ढले ।  गाउँले पहिरोको त्रासमा छन् । सेपबाट एकीकृत बस्ती पुग्न एक–डेढ घण्टा लाग्छ । बस्ती जनहित ग्रामीण सेवा समितिले बनाएको हो । जग्गा प्लटिङ गाउँपालिकाले गरि दिएको थियो । बस्ती बनाउन एक करोड ३७ लाख ७५ हजार खर्च भएको थियो । ३/३ आना जग्गामा घर बनेका छन् ।

सुरक्षित स्थानमा आएको तर यहाँ पनि जोखिम उस्तै छ भूकम्प पीडित भीमबहादुर लोप्चनले भने । भूकम्प पछि सेप स्थानीय बासिन्दा सेलाङको काफ्लेडाँडा सरेका थिए । अहिले उनीहरू दिनभर पुुुुरानै थलोमा गएर खेतीपाती गर्छन् । राति मात्रै घर आउँछन् । सेलाङ एकीकृत बस्तीका अध्यक्ष सोबले तामाङले पीडितको   श्रमदानसमेतबाट बस्ती बनेको बताए । दुई घर दलित छन् । उनीहरूको घर पहिरोको मुखमै छ । बाख्राको खोर पहिरोको जोखिममा छ । पहिरोले कुनै पनि बेला पुर्न सक्छ । घर भत्कियो । यत्रो वर्ष टहरामा बस्यौ ।

अहिले घर त पाएका छौं तर यहाँ सुरक्षित होला जस्तो छैन अध्यक्ष तामाङले भने तल पहिरो गइरहेको छ । पहिरोको मुखमा घर भएका दलित परिवार भेटिएनन् । उनीहरू गाउँमै काम गर्न गएका होलान् अध्यक्ष तामाङले भने, दिनभर यहाँ बसेर के खाने ? समितिका कर्मचारी राकेश रानाले तीन महिनामै एकीकृत बस्ती बनाएको बताए । पहिला भूकम्पले बाँच्यौ भूकम्प पीडित लोप्चनले भने, अब यहाँ पहिरोले लाने हो कि भन्ने डरले सताएको छ ।सेलाङ वासीले खेती किसान र वैदेशिक रोजगारीबाट गुजारा चलाइरहेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौलाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूगर्भविदको टोली आएर उपयुक्त भनेरै एकीकृत बस्ती बसाइएको बताए । भूगर्भ विदको टोलीले नै बस्न मिल्ने भनेर बस्ती बसाएका हौ उनले भने । सिन्धुपाल्चोकमा ३० वटा एकीकृत बस्ती छन् जसमा अधिकांश निर्माणाधीन छन् । हतारमा सरकारले एकीकृत बस्ती बसाएको सरोकारवालाको भनाइ छ । अधिकांश एकीकृत बस्तीमा बनेका घर साना छन् । न आँगन छ न त कुखुरा खोर गोठ बनाउने ठाउँ छ । झुरुप्प एकै ठाउँ बनाएका बस्ती कुनै योजनाबिना हतारमा बनाएजस्ता देखिन्छन् ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार १८:१५

प्रतिक्रिया दिनुहोस्