मुख्य समाचार

महोत्सवमा दर्शकहरुको उपस्थिती न्यून : महिला व्यवसायीमाथी आयोजकव्दारा दुर्ब्यबहार

बागलुङ, १४  पुस । धौलागिरी बहुमुखी क्याम्पस परिसरमा प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला ‘बागलुङ महोत्सव-२०७६’ जारी छ । गत पुस ११ गते शुक्रबार देखी सुरु भएको महोत्सव स्थलमा २ सय भन्दा बढी व्यापारिक स्टलहरु रहेका छन् । महोत्सव स्थलमा बागलुङ वरपरका कृषकहरुव्दारा उत्पादित फलफुल, तरकारी, आलु, सुन्तला, काउली लगायतका कृषिजन्य उत्पादनहरु प्रदर्शनमा राखिएको देख्न सकिन्छ ।

यसका अतिरिक्त महोत्सव स्थलमा स्थानीय र पोखरा सम्मका व्यवसायीहरुले चिया, चमेना, जलपान गृह सन्चालन गरेका छन् । महिला, पुरुष भलिबल खेल प्रतियोगिताहरु सन्चालन भैरहेका छन् । महोत्सवको मुख्य आकर्षण सांगीतिक कार्यक्रम पनि सन्चालन गरिदै छ । आगामी पुस गते सम्म सन्चालन हुने बागलुङ महोत्सवमा झण्डै डेढ करोड आम्दानी हुने र त्यस्मा सवा करोड खर्च हुने आयोजकको पूर्वानुमान छ । यस्तै कला, संस्कृति, सांगीतिक कार्यक्रम तथा फोटो प्रदर्शनीका साथै पाराग्लाईडिङ, हेलिकप्टर उडान महोत्सवका आकर्षणको रुपमा रहेका छन् । महोत्सवमा आयोजक संस्थाले पास नदिएका दर्शकहरुलाई प्रवेश शुल्क रु ८० ।


advertisement

तोकिएको छ । जिल्ला बाहिरबाट आमन्त्रित पत्रकारहरुलाई आउने/जाने यातायात खर्च र बागलुङमा रहँदा खानपिन र आवासको खर्च आयोजकले दिएको छ । महोत्सव स्थलमा २ सय भन्दा बढी व्यापारिक स्टलहरु राखिएपनि दर्शकहरुको संख्या न्यून हुनाले व्यापार नभएको गुनासो व्यापारीहरुको छ । महोत्सवमा प्रवेश शुल्क महंगो भएको स्थानीयले बताएका छन् । यसैवीच राति ९ बजे पछी महोत्सव स्थल बन्द हुने व्यवस्था भएको आयोजकले जनाएको छ । महोत्सवको दोश्रो दिन राति साढे नौ बजेको समयमा महोत्सव स्थलमा पोखरा देखी आएर होटेल सन्चालन गरेका महिलाहरुमाथी दुर्ब्यबहार गरिएको घटना सार्वजनिक भएको छ ।

राति ९ aबजे पछी स्टलमा बस्न (सुत्न) नपाईने भन्ने थाहा नभएर बसेको हो भन्दापनि अशीष्ट व्यवहार भयो । आयोजकनै आएर अशीष्टतापूर्वक हामी माथी दुर्ब्यबहार गरियो भनि महिला व्यवसायीले आक्रोश व्यक्त गरेकी छन् । राति स्टलमा प्रवेश गरेर अभद्र व्यवहार गरिएकोमा महिला दुखेसो व्यक्त गरेकी छन् । घटना सार्वजनिक भएपछी, ‘महिला माथी अशीष्टता प्रदर्शन गर्ने आयोजक को रहेछ ?’ भनि सर्वत्र चासो व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: