निसीखोला गाउपालिकाका पर्यटकीय गन्तव्य स्थलहरुको अवलोकन

meropati

बाग्लुङ,१६ पुस । बाग्लुङ जिल्लाको निसीखोला गाउपालिकाको आयोजनामा नेपाल पर्यटन बर्ष २०२० को पूर्व सन्ध्यामा पुस १५ गते तदनुसार सन डिसेम्वर ३१, २०१९ मा हुने भएकाे छ । निसीखोला गाउपालिका प्रमुख पर्यटकीय गन्तव्य पहिचान सम्वन्धी अन्तरक्रिया कार्यक्रमका साथै गाउपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थल अवलोकन कार्यक्रम सम्पन्न गरीएकाे छ ।



सो अवसरमा निसी खोला गाउपालिकका अध्यक्ष तारानाथ पौडेलले निसीखोला गाउपालिका साबिक राजकुत, देविस्थान, बोहरागाउ तथा निसी गाउ विकास समितिहरुमा रहेका पर्यटकीय स्थलहरुको पहिचान र विकासका लागी गाउपालिकाले बजेट विनियोजन गर्ने बताउदै यसमा प्रदेश तथा केन्द्र सरकारको सहयोग हुनु पर्ने बताए । टोलीले आज पुस १६ गते बडिगाड गाउपालिकाको साबिक अवलोकन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल सहितको पर्यटकीय गन्तव्य पहिचान गर्न गएको टोलीमा स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो । टोलीलाई निसीखोलाबासीले फुल माला अविरले भव्य स्वागत सत्कार गरेका थिए । टोली निसीखोला गाउपालिकाको पातीहाल्ने लगायत निसीखोला वडा नं ६ स्थित रिगाताल, राजकुतको नर्सिँहकोट, देविस्थानको अर्नाकोट आदि पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: