Uncategorized

माैसम बदली भएसँगै देशभर वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन सुझाव

काठमाण्डाै, १६ पुस । काठमाण्डाै उपत्यकासहित देशभरिकै मौसम बुधबार पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज देशभरि कै मौसम बदली हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै कुनै ठाउँमा एकैछिन खुले पनि फेरि बदली भैहाल्नेछ ।


advertisement

मौसम बदली भएसँगै अधिकतम तापक्रम पनि घटेर देशभरि नै चिसो बढ्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । यस्तै आज उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने मौसमविद् पौडेलले बताउनुभयो ।

पश्चिमी वायुकै प्रभावले भोलि (बिहीबार) देखि उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात तथा देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने भएकाले चिसो झनै बढ्ने देखिएको छ ।

चिसाे बढेसँगै चिकित्सकहरुले न्यानाे कपडा लगाउन, आवश्यक पर्दा मात्रै बाहिर निस्कन तथा ताताे र झाेलिलाे पदार्थ बढी खान सुझाव दिएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि उच्च पहाडि र हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाड तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

पौष १७  गते (बिहिबार)

दिउँसो :देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ।


राती : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ।

पौष १८  गते (शुक्रबार)

दिउँसो :देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ।


राती : देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

मौसम बदलि संगै वर्षा/हिमपातको संभावना रहेकोले र यसकै कारण चिसो रही रहने हुनाले चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: