मुख्य समाचार

बर्दियाको राष्ट्रिय निकुञ्जमा ट्रक पल्टीदा ३ जनाको ज्यान गयाे

बर्दिया,१६ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको राष्ट्रिय निकुञ्जमा ट्रक पल्टीदा ३ जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका आम्बासाबाट झण्डै ६ किलोमिटर पश्चिममा निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले बताएको छ ।

भैरहवाबाट फलामे छड लोड गरी धनगढी तर्फ जादै गरेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजे दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुलेको छैन ।


advertisement

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीको सहायताबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय भुरिगाउले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: