मुख्य समाचार

पर्सामा आगो ताप्दै गर्दा जलेकी एक महिलाको मृत्यु

पर्सा,१६ पुस । पर्सामा आगो ताप्दै गर्दा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-१ भवानीपुरकी २६ वर्षीय शान्ति देवी रहेकी छन् । मंसिर ३० गतेबाट मध्य तराईमा बढेको अत्याधिक चिसोमा आगो ताप्ने क्रममा शान्ति देवीको कपडाबाट आगो सल्किँदा जलेर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बतए । उनी पुस ३ गते घरमा आगो ताप्ने क्रममा जलेर शक्त घाइते भएकी थिइन् ।

मंगलबार राति ८ बजे काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा शान्तिको मृत्यु भएको हो । प्रहरीका अनुसार शान्तिले लगाएको साडीमा आगोले भेट्दा शान्तिको कम्बर मुनीको प्रायः सबैभाग जलेको थियो । वीरगन्जको नारायणी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएकोमा उपचारको क्रममा गएराति शान्ति देवीको त्यहीँ मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता वीरेन्द्र शाहीले बताए ।


advertisement

उनका अनुसार शान्तिबाहेक पर्सामा चिसोको कारण नै मृत्यु भएको भनी अहिलेसम्म कुनै जानकारी आएको छैन। केही दिनअघि भने नेपाल-भारत सीमा क्षेत्रनजिक एक पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको खबर आए पनि पहिचान नखुलेको र पोष्टमार्टम् रिपोर्ट आउन बाँकी रहेकोले जाडोले नै मृत्यु भएको भन्ने किटानी गर्ने आधार नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा  पर्साका सूचना अधिकारी समेत रहेका बस्नेतले बताए । उनका अनुसार योबाहेक अर्को एकजनाको पनि आगो ताप्ने क्रममा नै जलेर उपचार उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: