दुर्घटनामा ज्यान गुमाउने संख्यामा बृद्धी भए पछि हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुग्याे

meropati

हुम्ला,१६ पुस । राष्ट्रिय सडक सञ्जालसँग नजोडिदै बोलेरो, टिप्पर, ट्याक्टर लगायतका सवारी साधन दुर्घटनामा १९ जनाले ज्यान गुमाए पछि हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको हो ।

हुम्लाका विभिन्न क्षेत्रमा चल्ने सवारी साधन दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा बृद्धी भए पछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले  बताएकाे छ ।



एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत भएको र केही दिनभित्रै ट्राफिक कार्यालयसमेत स्थापना हुनेछ ।

बजारमा कार्यालयका लागि भाडामा भवन खोजेको र नपाउँदा सम्म जिल्ला प्रहरी कार्यालय भित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको उहाँले बताउनुभयो । राष्ट्रिय सडक सञ्जाल सँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: