भ्रमण वर्ष २०२० काे भव्य उद्घाटन यसरी गरीयाे

meropati

काठमाण्डाै,१७ पुस । नेपाल भ्रमण वर्षको बुधबार साँझ औपचारिक उद्घाटन भयाे । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य समाराेहबीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभयाे । यस बाहेका नेपाल भ्रमण वर्ष शुभारम्भ भएकाे अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्‍याली, सभा समाराेहहरु आयाेजना गरिए । यस अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्षको अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ ।



विमानस्थल, सम्पदा, पर्यटकीय स्थल लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष स्वागत गरिएको छ । झापाको भद्रपुर, चितवनको भरतपुर, पूर्वी नाका काकडभिट्टा, भक्तपुरको दरबार स्क्वाएर क्षेत्र, प्रदेश २ को जनकपुरधाम लगायतका ठाउँमा पनि पर्यटकलाई स्वागत गरिएको हो ।

ईलाम सदरमुकाममा पाँच वटा होटलले भ्रमण वर्ष शुरुवातको अवसरमा एक रुपैयाँमा बास बस्ने व्यवस्था गरेका छन् । यस्तै, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजदेखि शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ कार्यक्रममा मेयर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । यसै बीच, नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाल घुम्नैपर्ने देश रहेको बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: