मुख्य समाचार

नक्कली सुन सहित दुई जना पक्राउ

काठमाडौ,१७ पस । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँ बसपार्क स्थित तनहुँ होटलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुन सहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो ।


advertisement

वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: