मुख्य समाचार

नयाँ वर्षको पहिलो दिन मै भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौ,१७ पुस । नयाँ वर्षको पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगर सहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

बुधबार आतंकवादीहरुसँगको मुठभेडमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमका अनुसार । अर्जुन सँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ ।गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए ।


advertisement

भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको बताइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ । नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ ।  बुधबार जम्मु–कश्मीरको राजौरी जिल्लाको नौशहरामा आतंकवादी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: