मुख्य समाचार

बुटवल बेसक्याम्प चोकमा कारको ठक्करबाट एक युवतीको मृत्यु

 बुटवल,१७ पुस । बुटवलमा भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको हो ।

बुटवलबाट पूर्व तर्फ जाँदै गरेको नम्बर प्लेट खुल्न नसकेको कारले सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो ।


advertisement

स्कुटरलाई ठक्कर दिने कारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: