यस पटक दशक चीनको रह्यो, अब पनि चीनकै हुने छ

meropati

काठमाण्डौ,१८ पुस । पश्चिमी राष्ट्रलाई प्रभावित पारेको वित्तीय संकट अघि, चीनलाई एक कच्चा खेलाडिको रुपमा हेरिन्थ्यो । सन् २००८ को वित्तीय सङ्कटपछि त्यो धारणा बदलियो ।सन् २००८ अघि परम्परागत पश्चिमी ज्ञानले चीन ढिलोचाडों ठूलो आर्थिक दुर्घटनामा फस्ने पूर्वानुमान व्यक्त गथ्र्यो । तर त्यसो कहिले पनि भएन । बरु उल्टो पश्चिमी राष्ट्र सङ्कटमा फसेँ । त्यस सङ्कटले पश्चिमको स्थायित्व र आत्मविश्वासमा ठूलो धक्का लगायो । सन् २०१० को दशकको प्रत्येक वर्ष विश्व आर्थिक वृद्धिको मुख्य चालक राष्ट्र अमेरिका नभएर चीन रह्यो ।

विश्व बैंकका अनुसार पर्जेजिङ पावर प्यारिटी(पीपीपी)का आधारमा सन् २०१४मा चिनियाँ अर्थतन्त्रले अमेरिकाको अर्थतन्त्रलाई उछिनेर विश्वको ठूलो अर्थतन्त्र बन्यो ।यो वर्ष चीनको वृद्धि दर घटेर ६.२ प्रतिशतमा झरेको देखियो । तथापि अहिले पनि विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भइरहेको देश हो । बलियो आर्थिक वृद्धिकै बलमा चिनियाँ अर्थतन्त्र पछिल्लो दश वर्षमा दोब्बर बनेको छ । विगत दशकको चिनियाँ आर्थिक वृद्धिको कथालाई मानव इतिहासकै सबैभन्दा असाधारण आर्थिक रुपान्तरणको कथा मान्न सकिन्छ । पश्चिमले लामो समय यो परिघटनालाई स्वीकार्न सकेन ।



दश वर्षअघि पनि नजाउँ, पाँच वर्षअघिसम्म पनि चीनको नाम सस्तो उत्पादनको पर्याय थियो । पश्चिमले चीन लामो समयसम्म अरुको नक्कल गरेर बस्नेछ र आफूजस्तो नविनतामा आधारित अर्थतन्त्र नहुने सोच्थे ।

अहिले आएर अमेरिका र युरोप चीनको उदयमा आफ्नो अस्तित्वको खतरा परिरहेको देखिरहेका छन्, प्रभुत्वको अस्तित्वमा खतरा । पश्चिमी विश्व विस्थापनको प्रक्रियामा छ र निश्चित बिन्दूभन्दा बढी उसले यसमा प्रभावित पार्न सक्दैन । चीनको उदय इतिहासमा विरलै हुने परिवर्तन हो । अघिल्लो दशकमा आएर बल्ल पश्चिमले चीनको उदयले संसार पहिलेभन्दा फरक पार्नेछ भन्ने महसुस गर्न थालेको हो । दश वर्षअघि पनि नजाउँ, पाँच वर्षअघिसम्म पनि चीनको नाम सस्तो उत्पादनको पर्याय थियो । पश्चिमले चीन लामो समयसम्म अरुको नक्कल गरेर बस्नेछ र आफूजस्तो नविनतामा आधारित अर्थतन्त्र नहुने सोच्थे ।

तर चीनले केही वर्षभित्रै आफू एक नविन अर्थतन्त्रको लागि योग्य राष्ट्र भएको प्रमाणित गरेको छ । चिनियाँ सहर शेनझेन अमेरिकी नविनताको राजधानी सिलिकन भ्यालीको प्रतिस्पर्धीको रुपमा उदाएको छ । चिनियाँ कम्पनीहरु हुवावे, ट्यान्सेन्ट र अलिबाबा अमेरिकी एप्पल, गुगल र अमेजनको हाराहारीमा गनिन थालेका छन् । हिजो नक्कली सामाग्री उत्पादनको राजधानी भनेर चिनिने देश चीन अहिले असाधारण आविष्कार गर्न थालेको छ । अघिल्लो वर्ष विश्वका कुल प्याटेन्टमध्ये आधा चीनमा दर्ता भएको कुराले यही कुरालाइ बल दिन्छ । तर त्यति आश्चर्य मान्नु पर्ने कुरा होइन । ३५ वर्षसम्म औसतमा १० प्रतिशत वृद्धि भएको र विगत दशक ६ देखि ८ प्रतिशतबीचमा वृद्धि भएको मुलुकका जनता तिव्र परिवर्तन र निरन्तर नविनतामा अभ्यस्त हुन्छन् ।

हामीले के बिर्सनु हुँदैन भने, चीन सिकाई र शिक्षाप्रति निक्कै प्रतिबद्ध एक निक्कै पुरानो र समृद्ध सभ्यता हो । चीनको बढ्दो प्रभावको सबैभन्दा ज्वलन्त प्रदर्शन ‘बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)’मा देखियो । राजमार्ग, रेलमार्ग, बन्दरगाह, उर्जा पूर्वाधारको विश्व संजाल परियोजना बीआरआई सन् २०१३मा सार्वजनिक गरिएको थियो । यसले समग्र युरासिया क्षेत्रको परिर्वतनको लक्ष लिएको छ जुन विश्वको ६० प्रतिशत जनसंख्या बसोबास गर्ने क्षेत्र हो । यसमा १४० देश (मुख्यतः विकासोन्मुख देश)ले हस्ताक्षर गरेका छन् । अमेरिकाको विरोधको बावजुद उसको नजिकको मित्र शक्ति बेलायत यसमा हस्ताक्षेर गर्ने पहिलो गैर–एशियाली देश बन्यो ।

बीआरआईमा हस्ताक्षर अधिकांश देशका नेता सन् २०१९को सुरु तिर सम्पन्न ‘बेल्ट एण्ड रोड सम्मेलन’मा सहभागी थिए । त्यो स्तरको देशको सहभागिता हुने कार्यक्रम अहिले अमेरिकाले समेत कुनै पनि देश आयोजना गर्न सक्दैनन् । वर्तमान अन्तराष्ट्रिय प्रणाली उत्तराद्र्धमा प्रवेश गर्दै गर्दा बीआरआईलाई नयाँ विश्व व्यवस्थाका भ्रूण मान्न सकिन्छ । विकासोन्मुख देश बीआरआइमा जोडिनुको कारण छ । विकासोन्मुख देशको विकास पश्चिमा राष्ट्रको एजेण्डा पर्न छाडेको अवस्थामा चिनियाँ लागनी प्रतिबद्धताले तिनमा आशा जगाएको हो । पछिल्लो चार दशक चीन र अमेरिकाबीचको सम्बन्ध सौहार्दपूर्ण रह्यो । डोनाल्ड ट्रम्पको जीतपछि यसमा परिवर्तन आएको छ । चीनप्रतिको उनको वैमनश्यता उनीमा मात्र सिमित छैन । अहिले अमेरिकाका दुवै प्रमुख दल ट्रम्पकै चिनियाँ नीतिमा एकाकार हुन थालेका छन् ।

अमेरिका–चीनबीचको सम्बन्धमा निरन्तर ह्रास हुदैं गएर नयाँ शीतयुद्धजस्तो परिस्थिति निर्माण हुन थालेको छ । तर नयाँ शितयुद्ध अघिल्लो शीत युद्धजस्तो हुने छैन ।

अमेरिकाको बदलिएको रणनीति चीनले आफ्नो विश्वव्यापी प्रभुत्वलाई धरमराउनेछ भन्ने डरको जगमा उभिएका छ । विश्व मन्चमा बढेको चीनको सक्रिय र आत्मविश्वासी भूमिकाले पनि अमेरिकी डर बढाउन आंशिक भूमिका खेल्यो । अमेरिका पछिल्लो समय हिजो आफैले निर्माण गरेका अन्तर्राष्ट्रिय व्यवस्था समर्थन दिन आनाकानी गरिरहँदा फाइदा चीनलाई नै हुनेछ । ट्रम्पले विश्व व्यापार सङ्गठन र नेटोप्रति असहयोगी व्यवहार देखाइरहेको प्रष्टै देखिएको छ । ट्रम्पले चीनविरुद्ध सुरु गरेको व्यापार युद्धले अपेक्षित उद्देश्य हासिल नगरेको स्पष्ट भइसकेको छ । न त चीनविरुद्धको प्रविधि युद्धमै उसले जित हासिल ग¥यो ।

हुवावेको फाइभ–जी अहिले पनि विश्वको अधिकांश भागमा प्रयोगमा छ । युरोपकै कयेन देशमा हुवावेका दुरसञ्चारसम्बन्धी उपकरण प्रयोग भइरहेका छन् । अमेरिका–चीनबीचको सम्बन्धमा निरन्तर ह्रास हुदैं गएर नयाँ शीतयुद्धजस्तो परिस्थिति निर्माण हुन थालेको छ । तर नयाँ शितयुद्ध अघिल्लो शीत युद्धजस्तो हुने छैन । पहिलो शीत युद्धको समयमा अमेरिका विकास भइरहेको थियो भने सोभियत सङ्घ ह्रासोन्मुख थियो । तर यो पटक अमेरिकामा ह्रास देखिइरहेको छ भने चीनमा वृद्धि भइरहेको छ । अघिल्लो शितयुद्ध मुलत सैन्य क्षेत्रमा देखिएको थियो । तर चीनको इतिहास हेर्ने हो भने ऊ कहिले पनि सैन्य शक्तिमा प्रतिस्पर्धा नगरेको देखिन्छ ।

चीन अहिले विकासको जुन चरणमा पुगेको छ, विगतमा त्यही स्तरको शक्तिशाली हुँदा अमेरिका, बेलायत, फ्रान्स र जर्मनी क्रुरतासँग विस्तारवाद सञ्चालन गरेका थिए । तिनको तुलनामा चीन उलेख्नीय रुपमा संयमित रहेको देखिन्छ । आगामी दशक पश्चिम–केन्द्रीत अन्तर्राष्ट्रिय प्रणालीमा खण्डिकरण जारी हुनेछ र उही समयमा चीन–केन्द्रीत संस्थाको प्रभाव बढेको देखिनेछ । उक्त प्रक्रिया असमान, पूर्वानुमान गर्न नसकिने र कहिलेकाही डरलाग्दो हुनेछ तर यो भएरै छाड्नेछ ।

मार्टिन ज्याक्स ‘ह्वेन चाइना रुल्स द वल्ड’का लेखक हुन् ।

द गार्डियन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: