राजनीति

नेकपाले टुंग्यायाे राष्ट्रियसभा उम्मेदवार, नारायणकाजी श्रेष्ठ समेत उम्मेदवार ? (सुची सहित)

काठमाडाैं, १८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले उम्मेदवारहरु टुंगो लगाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।


advertisement

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु

प्रदेश नम्बर- १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश नम्बर- २
तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश नम्बर-३
गंगा बेलवासे
डा. बेदुराम भुसाल

प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य

प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट

बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएको थिएन ।

राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार दिएकाे हाे ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: