कठ्याङग्रिने चिसोमा उखु किसानले बालेको आगो प्रहरीले निभायो

meropati

काठमाडौ, १८ पुस । लगभग शून्य डिग्री तापक्रम रहेको काठमाडौंमा लगातार उखु किसानहरु धर्नामा बसिरहेका छन् । काठमाडौंको माइतिघरमा धर्ना दिइरहेका उखु किसानमाथी प्रहरीले हस्तक्षेप गरेको छ ।

शुक्रवार विहानदेखि नै काठमाडौंमा बर्षा भइरहेको छ । बर्षाका कारण काठमाडौंमा निकै चिसो पनि बढेको छ । चिसो अबस्थामै आगो बालेर उखु किसान धर्नामा बसेका छन् ।



धर्नामा बसेका किसानहरुको आगो प्रहरीले निभाई दिएको छ । आगो निभाएपछि जाडोमै उनीहरु धर्नामा बसेका छन् । आफ्नो पसिनाको मुल्य नलिई नफर्किने अडान लिएका किसानहरु धमाधम विरामी पर्न थालेका छन् । विरामी भएकै कारण केही किसान घर फर्किसकेका छन् ।

तराईबाट काठमाडौं आएर आन्दोलन गरिरहेका किसानहरुले अत्याधिक जाडो भएपछि आगो बालेका थिए । तर आगो बालेको केही समयमै प्रहरीले निभाई दिएको छ । प्रशासनको अनुमति बिना आगो ताप्न नपाइने भन्दै प्रहरीले निभाएको उनीहरुले बताएका छन् । धर्नामा बसेका किसानहरु विरामी पर्न थालेपछि चिकित्सकहरुले धर्नास्थलमै स्वास्थ्य परीक्षण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: