कांग्रेसले पौडेल समुह विना आज राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउँदै

meropati

काठमाडौं, १९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारहरुको आज टुंगो लगाउने भएको छ । विहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा उम्मेदवारहरुको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा शनिवार बोलाइएको छ ।

देउवा निवासमा बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुह भने सहभागी नुहँने भएको छ । ११ पुसमा देउवा पक्षले एकलौटी गरेको निर्णय खारेज नगरेसम्म पार्टीका कुनैपनि बैठकमा सहभागी नुहँने निर्णय पौडेल पक्षले गरेको छ ।



वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाविना नै राष्ट्रियसभा उम्मेदवारहरुको टुंगो लगाउने तयारी कांग्रेसले गरेको छ । बैठकमा अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी नुहँने भएका छन् ।

राष्टियसभा निर्वाचनका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ । प्रदेश नम्वर २ मा सत्तारुढ दल नेकपा र राजपाबीच यसअघि नै चुनावी तालमेल भइसकेको छ । नेकपा र राजपालाई टक्कर दिन कांग्रेस र समाजवादीले तालमेल गरेका छन् ।
समाजवादीसँग तालमेल गरेपनि आन्तरिक झमेला भने कांग्रेसमा बढ्दै गएको छ ।

आन्तरिक झमेलाका कारण आइतवार दर्ता गर्ने उम्मेदवारको टुंगो लगाउन कांग्रेसले सकेको छैन । निर्वाचन आयोगले राष्ट्रियसभाका लागि आइतवार उम्मेदवार दर्ता गर्ने समय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: