राजनीति

कांग्रेसले छान्यो राष्ट्रियसभा १४ उम्मेदवार (सूचीसहित)

काठमाडौं, १९ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेश बाहेक सबै प्रदशबाट उम्मेदवारको टुंगो लगाएको छ । पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रदेश २ मा दुई सिटका लागि समाजवादी पार्टीसँग तालमेल गरेको भोलिपल्ट कांग्रेसले राष्ट्रिसभाका उम्मेदवारको टुंगो लगाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४ जना उम्मेदवारको टुंयो लगाएको र कर्णाली प्रदेशका २ उम्मेदावारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। बाँकी २ उम्मेदवारको नाम शनिबार (आज) साँझसम्म टुंगो लाग्ने उनले बताए ।


advertisement

देश नम्बर-१:

पाँचथर- निरबहादुर विश्वकर्मा (दलिततर्फं

सुनसरी- मीना पुलामी मगर (महिला)

झापा- राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर-२:

महोत्तरी- नगिना यादव (महिला)

धनुषा- भोला पन्जियार (अल्पसंख्यरअपांगता)

प्रदेश नम्बर-३:

सिन्धुपाल्चोक- हरिशरण श्रेष्ठ (अन्य)

चितवन- छलीकुमारी शर्मा उपाध्याय (महिलां)

गण्डकी प्रदेश:

स्याङ्जा- सूर्यप्रसाद रेग्मी (अन्य)

म्याग्दी- विमला गौचन (महिला)

प्रदेश नम्बर-५:

अर्घाखाँची- बालकृष्ण पाण्डे (अन्य)

दाङ- गिरिजा न्यौपाने (महिला)

बाँके- मेराज हलवाई (अल्पसंख्यकरअपाङ्गता)

कर्णाली प्रदेश  टुंग्याउन बाँकी…

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: