दाङ,२० पुस । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे हो । घोराही बजारको कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुरचोकदेखि दामोदर चोकसम्मको सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिए को छ । उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ । विज्ञापन सामग्री राख्ने गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको छ ।एपेक्स नेपालले दुई करोडको लगानीमा विज्ञापन सामग्री राख्ने गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताएको छ । एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले पहिलो चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिएको बताए । “पहिलो चरणअन्तर्गत ७१ वटा खम्बामध्ये ५० वटा खम्बा जडान भइसकेका छन्”, उनले भने, “दुई दिनभित्रै बाँकी खम्बा जडानको काम सम्पन्न गर्छौं ।” जडान गरिएका विद्युतीय खम्बा अटोमेटिक रहेकोे उनले बताए । कम्पनीले सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्नेछ ।
दुई करोड लगानीमा सडकमा बत्ती

Hey There. I found your blog using msn. This is an extremely well written article.
I’ll make sure to bookmark it and return to read more of your useful info.
Thanks for the post. I’ll certainly return.
Simply desire to say your article is as astonishing.
The clearness in your post is just excellent and i could assume you are an expert
on this subject. Well with your permission let me to grab your
feed to keep up to date with forthcoming post. Thanks a million and please keep up
the rewarding work.
This article is actually a nice one it assists new web visitors, who are wishing for blogging.