मुख्य समाचार

पाल्पा क्षेत्र नं. २ को संसद विकास कोषको बजेट सार्वजनिक

पाल्पा, पुस २० । पाल्पा क्षेत्र नं. २ को संसद विकास कोषको बजेट विनियोजन भएको छ । संसद सोमप्रसाद पाण्डले बजेट विनियोजनबारे पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ । आफुलाई प्राप्त भएको ६ करोड बजेट आफ्नो क्षेत्र अन्तर्गतका गाउँमा उहाँले बजेट विनियोजन गरेका हुन् । कुल बजेटको अधिकांश भाग मोटरबाटो निर्माण तथा मर्मतको लागि छुट्याउनु भएको छन् ।

जिल्लाको सदरमुकाम तानसेनस्थित श्रीनगर डाँडामा विद्युतिय धातु बोर्ड निर्माणको लागि ५० लाख बजेट विनियोजन भएको छ । श्रीनगरको उचो भागमा निर्माण गरिने अंग्रेजीमा तानसेन लेखिएको विद्युतिय बोर्डले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संसद पाण्डेको विश्वास छ ।


advertisement

यस्तै योग तथा व्यायाम केन्द्र स्थापनाको लागि ५० लाख बजेट छुट्याइएको छ । तानसेनमा स्थापना गरिने व्यायाम केन्द्रबाट १ देखि ९ र १४ वडा गरी आठवटा वडाका बासिन्दा लाभान्वित हुने छन् । यहाँबाट स्थानीय स्वास्थ्य जीवन बिताउन अभिप्रेरित हुने संसद पाण्डको ठम्याइ छ ।

उहाँका अनुसार कर्णेल उजीर सिंह थापाको पार्क निर्माणको लागि ५० लाख बजेट विनियोजन भएको छ । नेपाल अंग्रेज लडाइमा विजयी हाँसिल गरेको इतिहाँस झल्किने गरी कर्णेल उजीर सिंहको शालिक, फौजको हतियार, स्टेचु पार्कमा देख्न पाइने छ ।
प्रभासमा आँप बगैचा निर्माण तथा योग केन्द्रको लागि १९ लाख ६० हजार बजेट विनियोजन भएको छ ।

यस्तै तानसेनस्थित महेन्द्रबोधी माध्यमिक विद्यालयको भवन निर्माण गर्न १० लाख बजेट छुट्याइएको छ । भने तानसेन–१० मा रहेको डुम्रे पुलमा रेलिङ निर्माणको लागि १० लाख बजेट छुट्याइएको छ ।
सडक विस्तारको लागि सबैभन्दा बढी बजेट

तानसेन नगरपालिका :  बाँसटारी–झडेवा सडकखण्ड अन्तर्गत तानसेन–७ सालघारीमा सडक विस्तारको लागि १० लाख, जोर्ते–लुहुङ–चण्डिभञ्ज्याङ–बतासेडाँडा सडकका लागि १० लाख, तानसेन–१ लालिगुराँस टोल बाटो निर्माणको लागि १० लाख बजेट विनियोजन गरिएको संसद पाण्डेले बताउनुभयो ।

बगनासकाली गाउँपालिका : बगनासकाली गाउँपालिकाको ७ र ८ मा पर्ने बुलठाके देउराली दोबाटो सडक कालेपत्रे गर्न ५० लाख, वडा नम्बर ९ मा रहेको चन्द्र माध्यमिक विद्यालयको भवन निर्माणको लागि ३० लाख, जुन भवन निर्माण पश्चात यहाँ प्राविधिक शिक्षा सञ्चालन हुने छ । वडा नम्बर ५ मा धारादी खेल मैदान निर्माणको लागि १० लाख बजेट छुट्याइएको उहाँले बताउनुभयो ।

तिनाउ गाउँपालिका : संसद पाण्डेका अनुसार गाउँपालिकाको भवनदेखि खोलको पुलसम्म सडक कालोपत्रेको लागि ५० लाख र ओखलढुंगा सालधारा खेलमैदान निर्माणको लागि २० लाख बजेट विनियोजन भएको छ ।

रिब्दीकोट गाउँपालिका : वडा नम्बर ८ को बतासे फेक मोटरबाटो कालोपत्रे गर्नको लागि ४० लाख, वडा नम्बर २ मा लघुवा खेल कभर्डहल निर्माणको लागि १५ लाख र वडा नम्बर ७ मा सामुदायिक भवन मैनादी थुमकिलाको लागि १० लाख बजेट छुट्याइएको छ ।

रैनादेबीछहरा गाउँपालिका : संसद पाण्डेका अनुसार सबैभन्दा बढी बजेट यो गाउँपालिकाकको विकासका लागि विनियोजन भएको छ । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबैभन्दा विकट वडाहरु रहेको गाउँपालिका रैनादेबीछहरा भएको उहाँले बताउनुभयो । यो गाउँपालिका १ करोड ५० लाख बजेट बराबरको विकास हुने छ ।

वडा नम्बर ४ अन्तर्गत हार्थोक छहरा सडकअन्तर्गत मैनादी–छहरा बजार सडकखण्ड स्तरोन्नतीको लागि ५० लाख, वडा नम्बर १ को मोहरे–मग्रान–मनभाग सडकको लागि १० लाख, वडा नम्बर २ को धजाबान्ने–सोमादी सडकको लागि १० लाख, वडा नम्बर ३ को छचुवा–मनभाग सडक र भवनपोखरीको लागि १० लाख, वडा नम्बर ४ को अम्लाबास–मोठ–रयर्जे–उर्लेनी सडकको लागि १० लाख बजेट विनियोजन भएको छ ।

यस्तै वडा नम्बर २ र ५ मा पर्ने दीग–छेउखान–भैसीखोला–सर्देवा सडकको लागि १० लाख, वडा नम्बर ६ मा पर्ने गुहारठाना–भुटुक्से–चहली–छेडा सडकको लागि १० लाख, वडा नम्बर ८ को सत्यवती–बुढिदमार–जोगदमार सडकको लागि १० लाख, वडा नम्बर ४ को मेहलढाप–सोमरेटोला–रिपटोला–बेतनी सडकको लागि १० लाख, वडा नम्बर ६ र ७ मा पर्ने काउले–चहला सडकको लागि लागि १० लाख, वडा नम्बर ७ मा पर्ने जुठा–धुलेनडाँडा–खड्केनी–मोलडाँडा सडकको लागि १० लाख बजेट विनियोजन गरेको संसद पाण्डेले बताउनुभयो ।

सम्बन्धित स्थानीय तहका अध्यक्ष तथा सरोकारवाल निकाय र स्थानीयको माग अनुसार आफुले संसदकोषको बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: