Uncategorized

कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं,२२ पुस  । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार ४८ भन्दा बढी घाइते भएका छन् । केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।


advertisement

अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो । भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: