नारायणगढ-बुटवल सडक खण्ड विस्तारमा ४६ हजार रुख काटिँदै

meropati

नवलपरासी ,  पुस २२ ।  महेन्द्र राजमार्गअन्तर्गत बुटवल-नारायणगढ खण्ड ४ लेनको बनाउन रुख काट्न सुरु गरिएको छ । लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख मंगलबारबाट काट्न सुरु भएको हो । रुख काट्न थालिएपछि सडक निर्माण अघि बढ्ने छ । त्यसबाहेक महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रियाअघि बढाइसकेको बुटवल-नारायणगढ सडक पूर्वी खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए।

वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई एक पत्र पठाएर सडक फराकिलो पार्न ४६ हजार २ सय ९४ हजार रुख काट्ने अनुमति दिएको थियो। सडक निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले रुख काटेर धमाधम काम गर्ने बताएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: