Uncategorized

मेयरकै नेतृत्वमा पत्रकारमाथि कुटपिट

जनकपुरधाम, पुस २२ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमै मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकारहरुमाथि कुटपिट भएको छ।

पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारहरुमाथि मंगलबार कुटिपट भएको हो।


advertisement

मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका छन्। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएकाे हाे।

मेयर साहले उनका सहयाेगी तथा नगर प्रहरी परिचालन गरी कुटपिट गरेका पीडित पत्रकारले बताएका छन्। कुटपिटबाट अमरकान्त ठाकुर, शुभाष कर्ण, सुमित मिश्र  र राजा झा सामान्य घाइते भएका छन्।

पत्रकार महासंघको विरोध

पत्रकारमाथि कुटपिट भएको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मेयरसंग प्रतिक्रिया लिन खोज्दा अपशब्द बोल्दै दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको महास‌ंघले बताएको छ ।

महासंघले घटनाको भर्त्सना गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकारसंग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: