अमेरिकाले आक्रमण गर्न इरानको ५२ ठाउँ किन रोज्यो ?

meropati

काठमाडौं, २२ पुस । पछिल्लो साता अमेरिका र इरानबीचको तनाब उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले एयर स्ट्राइक गरि इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्या गरेसँगै तनाव बढेको हो । अहिले दुई देशका बीच युद्धको जस्तो अवस्था छ ।

सुलेमानीको हत्या भएसँगै अमेरिकी दूतावासमाथि पटक–पटक आक्रमण पनि भएको छ । आक्रमणको जिम्मा कसैले नलिएपनि आक्रमण इरानी पक्षबाट भएको अनुमान गरिएको छ । अमेरिकाले पनि आक्रमण दोहोरि रहे इरानका ५२ इलाकामाथि एकैपटक आक्रमण गरि ध्वस्त पारिदिने चेतावनी दिएको छ ।



५२ इलाकालाई टार्गेट किन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको निशानामा इरानका ५२ इलाका रहेको जनाएका छन् । उनले बताएअनुसार आक्रमणको लागि इरानका ५२ इलाकालाई रोज्नुको पछाडि इरानले सन् १९७९ मा ५२ अमेरिकीलाई एक वर्षसम्म बन्दी बनाएको थियो । ५२ इलाकाले ती ५२ बन्दी अमेरिकीको प्रतिनिधित्व गर्ने गर्दछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै भनेका थिए, ‘यदि इरानले अमेरिका या अमेरिकी नागरिकमाथि आक्रमण गर्छ भने त्यसको तत्कालै जवाफ पाउनेछ । अमेरिकाले इरानका ५२ इलाकालाई तुरुन्तै ध्वस्त बनाइदिनेछ । ती इलाका इरानको लागि सांस्कृतिक हिसाबले अति महत्वपूर्ण पनि हुनेछ ।’

के थियो १९७९ को घटना ?

सन् १९५३ मा लोकतान्त्रिक ढंगबाट बनेको इरानी सरकारलाई अमेरिका र ब्रिटेन मिलेर ढलाएका थिए । प्रधानमन्त्री मोहम्मद मोसादेगलाई सत्ताबाट हटाएर मोहम्मद रजा पहलवीलाई सत्तामा लगिएको थियो । पहलवी ईरानका शाह राजा थिए । उक्त समयसम्म अयातुल्लाह खुमैनी पनि पेरिसमा निर्वासित जीवन बिताईरहेका थिए । त्यहि घटनाको विरुद्धमा सन् १९७९ मा इरानमा आन्दोलन भएको थियो । इरानी जनताले अमेरिका र ब्रिटेनले बनाएको पहलवीको सत्तालाई उखेलेर फालेका थिए ।

इरानमा सत्ता परिवर्तनसँगै पहलवी अमेरिकाको शरणमा पुगे । आन्दोलन सफल भएसँगै शरण लिन पुगेका पहलवीलाई इरानीले फिर्ता गर्नुपर्ने माग गरिरहेका थिए । अमेरिकाले भने इरानको मागलाई इन्कार गरिरह्यो ।

यस घटनासँगै इरानी विद्यार्थीले तेहरानस्थित अमेरिकी दुतावासमाथि आक्रमण गरि ५२ कुटनीतिकलाई बन्धक बनाएका थिए । उनिहरुलाई एक वर्षसम्म बन्धक बनाइएको थियो । तत्कालिन अमेरिकी राष्ट्रपति जिमी कार्टरले मिलिट्री बोलाई आफ्ना कुटनीतिज्ञलाई छुटाउन कोशिस पनि गरेका थिए । जुन असफल पनि भएको थियो । अमेरिकाले गरेको अपरेशनमा आफ्नै ८ सैनिक कमाण्डर मारिन पुगेका थिए ।

मारिएका कासिम सैन्यका मुख्य कमाण्डर थिए

इराकको बग्दाद एयरपोर्टको बाहिर शुक्रबार इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकाले एयरस्ट्राइक गरि हत्या गरेको थियो । सुलेमानी इरानका बहुचर्चित कुदर्स फोर्सका प्रमुका थिए । कुदर्स फोर्स इरानद्वारा विदेशमा चलाईने सैन्य कारबाहीको लागि चर्चित मानिन्छ । सुलेमानी एक खुफिया अधिकारी र सैन्य अधिकारीको रुपमा इरानको लागि अति महत्वपूर्ण पात्र थिए । इरानका सुप्रीम लिडर आयातोल्लाह खामेनेईपछि उनि इरानका दोस्रो महत्वपूर्ण अनुहार थिए ।

अमेरिकाले कुदर्स फोर्सलाई २५ अक्टोबर २००७ मा आतंकवादी संगठन घोषित गरेका थियो । साथै अमेरिकाले यो संगठनका कुनैपनि व्यक्तिलाई अमेरिका प्रवेशमा पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले सुलेमानीलाई यसअघि नै आतंकवादी घोषित गरेको थियो । सयौं अमेरिकी नागरिकको हत्यामा सुलेमानीको संलग्नता भएको ठहर अमेरिकाको छ ।

बग्दादका अमेरिकी अड्डाहरुमाथि आक्रमण

शनिबार राति बग्दादका अत्यन्तै सुरक्षित मानिने (ग्रीन जोन) र अल–बलाद एयरबेस माथि रकेट तथा मोर्टर आक्रमण भएको थियो । अहिलेसम्म पनि आक्रमण कसले गराएको भन्नेबारे भने पुष्टि भएको छैन् । सुलेमानीको हत्यासँगै इरानी पक्षले आक्रमण गरेको अनुमान गरिएको छ ।

आक्रमणमा परि पाँच जना घाइते भएका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार ग्रीन जोन क्षेत्रमा दुई मोर्टसर र एयरबेस क्षेत्रमा दुई रकेट प्रहार गरिएको थियो । एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: