विश्वमै दुर्लभ प्रजातिका चरा गुल्मीको रेसुङ्गा र मदाने लेकमा

meropati

गोविन्द प्रसाद भुसाल  

बुटवल,पुस २३ । गुल्मी जिल्लाको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल रेसुङ्गामा २ सय २८ र अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा २ सय ७ प्रजातीका चरा छन् । रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ ।



 यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए । नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ । रेसुङ्गा र मदाने संरक्षित क्षेत्रको जंगलबाट भेटिएका ६ प्रजातीका चराहरू सेतो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, चिर र लोभी पापी गरुड विश्वमै दुलर्भ प्रजातीका चरा हुन ।

विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध, डङ्गर गिद्ध, क्षेत्र समिति चरा, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ प्रजातिका चरा रहेको छन् । विश्वमा नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा र मदाने वन क्षेत्रमा पाइन्छ ।
दुर्लभ प्रजातिका चरा संरक्षणको मुख्य चुनौती र समस्याको रुपमा वासस्थानको अभाव, वासस्थान परिवर्तन, वनक्षेत्रमा विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो र वन्यजन्त्तु र चराचुरुङ्गीको अवैध शिकारजस्ता कारण मुख्यरुपमा रहेको छ । नेपाल पक्षी संरक्षण सङ्घले गुल्मीमा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै दुर्लभ प्रजातिका चरा र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । विगत पाँच वर्षदेखि गुल्मीको रेसुङ्गा, बलीथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा ती सस्थाले संयुक्त सहकार्यमा काम गर्दै आइरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: