सैनामैना व्यापारिक मेलामा ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य

meropati

बुटवल,पुस २३ । उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गीयामा सञ्चालन हुने व्यापार मेलाको तयारी पूरा भएको छ। मेलाको बिहीबार एक समारोहकाबीच उद्घाटन गरिँदै छ।  सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचीन सहर मानिन्छ। मेला महोत्सवमार्फत सैनामैनाको बुद्धकालीन सभ्यतालाई उजागार गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ।

मेलाको पूर्वसन्ध्यामा मेला स्थल मुर्गियाको रंगशालामा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको तयारी पूरा भएको बताएका छन्। पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ। मेलाको उद्घाटन सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले गर्ने कार्यक्रम रहेको छ।  मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष राजबहादुर क्षेत्रीले बताए। उनले सैनामैनामा कृषि, पर्यटन र उद्योगको सम्भावना धेरै रहेको भन्दै सबैको सहकार्यमा त्यसलाई साकार पारिने बताए ।



मेलाको प्रवेश टिकट बिक्रीबाट प्रति टिकट एक रुपैयाँ सामाजिक कार्यमा खर्च गरिने र मेलालाई सफल बनाउनका लागि स्थानीय सरकारदेखि यहाँका सामाजिक संघ संस्था र नागरिक समाजले सहकार्य गरिरहेको मेला मूल आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव दीपक अधिकारीले जानकारी दिए।  सैनामैनामा बौद्धकालीन सभ्यतासँग जोडिएको ठूलो राजा कुँवा, रानिकुंवा, ऐतिहासिकस्थल सैनामैना १ बनकट्टामा रहेको छ। त्यस ठाउँमा अहिले बौद्धकालीन चिज रहेका छन्। बौद्धकालीन वस्तुहरू संरक्षणका लागि संग्रहालय निर्माण गर्न नगरपालिकाले पहल गरेको छ।

सोही कुरालाई मध्यनजर गर्दै महोत्सवमा लुम्बिनी र सैनामैनासँग जोडिएर रहेको बौद्धकालीन सभ्यता तथा ऐतिहासिक स्थलहरूको प्रबर्द्धनका लागि बौद्धकालीन सभ्यताको पार्क निर्माण गरिने आयोजकको भनाई छ।  हारियाली चुरे पहाड, समथर तराई, हरिया र जडिबुटीयुक्त वन जंगल, नदी नाला, सिमसार, प्रस्तावित जलाशययुक्त लामी रहदेखि खुला संग्रहालय यहाँका खास पर्यटनक आधार मानिन्छन्।

मेलामा यिनै क्षेत्रको पहिचान झल्किने गरी विशेषस्थल बनाइएको छ। सैनामैनालाई बुद्धकालीन सभ्यताका रुपमा नगरपालिकाले पनि विशेष कार्यक्रम बनाएर अगाडि बढेको छ। नगरपालिकाको कार्यक्रममै यहाँका संघ संस्था र निजी क्षेत्रले पनि सहकार्य गरेको संघका उपाध्यक्ष रिमबहादुर श्रेष्ठले जानकारी दिए। मेलामा २२० ओट स्टलहरूको दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकको रहेको छ। पाँच करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको मैनासैना उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: