गुल्मीको अग्लो लेक मदाने,जहाँ विश्वमै दुर्लभ प्रजातिका चराहरु

meropati

गोविन्द प्रसाद भुसाल

बुटवल,पुस २४ । पश्चिम नेपालको लुम्बिनी अञ्चल गुल्मी जिल्ला मदाने गाउँपालिकामा अवस्थित मदाने वन क्षेत्र अहिले पर्यटकीय आकर्षणको क्षेत्र बन्दै गएको छ । प्राचीन किम्बदन्ती अनुसार सर्वप्रर्थम मदन भन्ने व्यक्ति मदाने क्षेत्रमा बसोबास गरेको र उनको मृत्यु पछि यस क्षेत्रको नाम मदाने रहन गएको कुरा पनि जनविश्वास रहि आएको छ । मदाने वनक्षेत्र अथवा मदाने लेक जिल्लाको सवैभन्दा अग्लो लेकको रुपमा पनि चिनीन्छ । मदाने लेक समुद्रि सतहको ९ सय ७५ मिटर देखि २६९० मिटरको उचाइमा रहेको छ । जसको क्षेत्रफल १३,७६१ ह्ेक्टर रहेको छ । यस वनको पहिले खासै महतव नदिएता पनि अहिले आएर यस क्षेत्रलाई पर्यटकीय आकर्षण क्षेत्रको रुपमा लिने गरिन्छ ।
मदने वन क्षेत्रमा उद्धम स्थल भएर विभिन्न नदिनालाहरु वग्ने गर्दछन । जसमा छल्दी,पनाह,निस्ती,झिमरुक आदि नदिहरु जसबाट विद्युत उत्पादन गरि गुल्मी,प्युठान, अर्घाखाँचीका जनताहरु लभावित छन । यस क्षेत्रमा जाडो मैसममा धेरैै जसो हिउँ पर्ने र फागुन देखि जेष्ठ सम्म नेपालको राष्ट्रिय फुल लालिगुरासँ फुल्ने हुदा यस क्षेत्रको बढी महत्व रहेको पनि पाइन्छ । मदाने वन क्षेत्रलाई वि.स २०६८ बैशाख १५ गते देखि मदाने संरक्षित वनको रुपमा नेपाल सरकारले घोषण गरको थियो । त्यस पछि मदाने वन क्षेत्रलाई अझ बढी महत्वका साथ हेरिएको पाइन्छ ।



दुर्लभ प्रजातिका चराहरु
यस क्षेत्रमा २०७ प्रजातीका चराचुरुङ्गीहरु पाइन्छन । जसमा विश्वमा दुर्लभ प्रजातिको रुपमा रहेका चराहरु मध्ये लोभिपापी गरुण,गोमायु महाचील,सुनगिद्ध,कालीज प्रजातिको चिर नामक पाँच प्रजातीका चराहरु पनि रहेका छन । त्यस्तै नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि मदाने वन क्षेत्रमा पाइन्छ ।
यस क्षेत्रमा विभिन्न प्रजातिका रुखहरु रहेका छन । जसमा चाँद,चिलाउने,कटुस, वाँस,लालिगुरासँ,खर्शु,दुदिलो,देवचार,उत्तिस,पैँयु आदि रुखहरु पर्दछन । मदाने वनमा बहुमुल्य वन पैदावारहरु पनि रहेका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्व तथा पहिचान राख्ने चिरातो ,शोत्ता,हर्रो,बर्रो,कलोकाफल,पाँच औले ,अल्लो, सुगन्धकोकीला,सुनगाँभा आदि जडीबुटीहरु रहेका छन । जसबाट विभिन्न आर्योवेदिक औषधीहरु उत्पादन गर्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रजातीका खाने च्याउहरु प्नि रहेका छन । जसमा गुच्छी च्याउ,छाते च्याउ,डल्ले च्याउ आदिको सेवनबाट उच्च रक्तचाप,मुटुरोग जस्ता रोग लाग्नबाट पनि बचाउँछ ।

मदानेमा पाइने जनावरहरु
मदाने संरक्षित वनमा विभिन्न किसिमका जंगली जनावरहरु रहेका छन । जसले गर्दा मदाने वनलाई सुनमा सुगन्ध थप्ने काम पनि गरि रहेका छन् । जनावरहरुमा मृर्ग चितुवा,कस्तुरी स्याल,वदेल,लङगुर,भालु,राते,वन विरालो ,निल विरालो,लोखर्के आदि रहेका छन । मदाने संरक्षित वन क्षेत्रको वन र जलाधार संरक्षण गर्न सकिएमा मदाने वन क्षेत्रमा चराहरुको संख्यामा अझ वृद्धि हुन सक्ने स्थानियले बताएका छन । त्यस्तै यस क्षेत्रमा भएको वन जंगल,धार्मिक स्थल,चराचुरुङ्गीहरु,वन्यजन्तुहरु,जडीबुटीहरु,बोटविरुवा आदिलाई पर्यटकीय क्षेत्रसंग जोडेर संगै लैजान सकिन्छ । मदाने वन संरक्षणका लागि चुनौती र समस्याको रुपमा वास स्थान विनास,वासस्थान परिर्वतन, विद्युतिय तार, वन डढेलो,अवैध सिकार जस्ता कारणहरु रहेका छन । त्यसलाई रोक्नाका लागि स्थानिय निकाएसंग सहकार्य गदै जनचेतना अभिवृद्धि गर्नु पर्ने देखिन्छ ।

धार्मिक क्षेत्र मदाने
यस क्षेत्रको अर्को मुख्य आकर्षणको केन्द्र विन्दु रहेको धार्मिक स्थल,मदानेमालिका भगवती मन्दिर रहेको छ । यस मन्दिरमा स्थानिय र विभिन्न जिल्लाहरुबाट भत्तजनहरु आउने गर्दछन । यस मन्दिरमा आफुले मागेको वर र सम्पुर्ण कुराहरु पुग्ने जनविश्वास रहदै आएको छ । यस मन्दिरमा आफुले मागेको बर पुरा भए पछि वा वर माग्नका लागि कालि पाठी भगवतीलाई वली दिने प्रचन रहि आएको छ । यस मन्दिरमा दुर्गा भगवतीको मुर्तिहरु,पालाहरु,घण्टीहरु र विभिन्न किसिमका धजाहरु रहेकोले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: