अनेरास्ववीयू गुल्मीको विद्यार्थी जागरण अभियान मदानेमा सम्पन्न

meropati

गुल्मी, पुस २५ ।
सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयू गुल्मीको विद्यार्थी जागरणका लागि संगठन सुदृढिकरण तथा विस्तार अभियान २०७६ अन्तर्गत आज मदाने गाउँपालिका वडा नं. ७ भनभने को दिपक माध्यमिक विद्यालयमा इकाई कमिटीको गठन गरिएको छ । शिसिर भण्डारीको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष गणेश भण्डारी, मुना खत्री, दामोदर पाण्डे, वसन्त थापा सचिव वसन्त पोखरेल सह सचिव पवित्रा घिमिरे, नमुना पन्थी, अञ्जना विक, कोषाध्यक्ष मनिसा घर्ती गरी ८१ सदस्य कमिटी गठन गरिएको हो ।
यो संगै अनेरास्ववीयूले मदाने गाउँपालिका भित्रका ८ वटै माध्यमिक विद्यालयमा कमिटी गठन गरेको छ । पृथ्वी मा.वि मा झविन्द्र जिसीको अध्यक्ष्तामा ३१ सदस्य, मेहलेपोखरी मा.वि. मा डिलबहादुर केसीको अध्यक्ष्तामा ३१ सदस्य, बाँझकटेरी मा.वि मा असोक सामत को अध्यक्षतामा ५१ सदस्य, रघुफेदी प्रतिमान निमा मा.वि. मा निसाना चन्द बोेहोरा को अध्यक्षतामा ४९ सदस्य, अग्लुङ्ग मा.वि.मा मदन चन्दको अध्यक्ष्तामा ९१ सदस्य, रियाले मा.वि मा लक्षमण खत्री को अध्यक्षतामा ३९ सदस्य, पुर मा.वि. मा माधव सेनको अध्यक्षतामा ३१ सदस्य कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य गोपाल भण्डारीले जानकारी दिए ।
संगठन विस्तार अभियानमा जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग उप प्रमुख राजन केसी, जिल्ला कमिटी सचिवालय सदस्य तथा मदाने गाउँपालिका संयोजक रमेश पाण्डे र जिल्ला कमिटी सदस्य गोपाल भण्डारीले विद्यार्थीहरुलाई प्रशिक्षण दिदै संगठित गरेका थिए ।
लामो समय सम्म दुई विद्यार्थी संगठन अनेरास्ववीयु र अनेरास्ववीयू क्रान्तिकारीको एकता पछी वनेको अनेरास्वियूको संगठन विस्तार अभियान लामो समय देखि रोकिएकोमा यहि पुस १० गते वसेको जिल्ला कमिटीको वैठकले संगठन विस्तार अभियानलाई निरन्तरता दिने निर्णय गरे संगै गुल्मी जिल्लाको मदाने गाउँपालिका अन्तर्गतका सवै माध्यमिक विद्यालयमा कमिटी गठन गरिएको संगठन विभागका उप प्रमुख राजन केसीले जानकारी दिए ।
कमिटी गठन सकिए संगै केही समय भित्रै मदाने गाउँपालिकाको अधिवेशन गर्ने मदाने गाउँपालिका संयोजक रमेश पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: