आवाजबाट निर्देशित हुने र दिमागबाट चलाउन सकिने कार

meropati

एजेन्सी,पुस २९ ।  सफ्टवेयर र सेन्सरले भरिएका, मोबाइल फोनसँग जोड्न सकिने र बढ्दो सङ्ख्याका अन्तक्र्रियात्मक स्क्रिनका साथ आउने वाहन सम्भवतः बजारमा पाइने सबैभन्दा जटिल उपभोग्य प्रविधि हो ।यो कुरा लस भेगसमा वार्षिक रूपमा सम्पन्न हुने कन्जुमर इलेक्ट्रोनिक सो (सीएएस) मा प्रदर्शनमा राखिएका सामग्रीले पनि देखायो । सोमा प्रमुख वाहन निर्माताले भविष्यमा बजारमा ल्याउन सकिने कैयौँ कारका परिकल्पना (कन्सेप्ट) सार्वजनिक गरे । त्यस्तै तिनले कारको भित्री भागका धेरै नयाँ प्रविध भित्र्याएका छन् । अझ सोनीजस्ता केही कार नबनाउने कम्पनीले समेत कन्सेप्ट कार सार्वजनिक गरेका छन् । अवतारबाट प्रेरित मर्सिडिज बेन्जको कार
सीईएस सोमा सबैभन्दा बढी चर्चा मर्सिडिज बेन्जको भिजन एभीटीआर थियो । अत्याधुनिक कारको यो खाकामा सैद्धान्तिक रूपमा कार र मानिस एकाकार हुन सक्छन् । यो भविष्य पनि धेरै पछिको कल्पना जस्तो देखिन्थ्यो ।

मर्सिडिज–बेन्ज भिजन एभीटीआर कारका केही कामहरु चालकले दिमागले सोचर सञ्चालन गर्न सक्छन् ।



भिजन एभीटीआर परम्परागत स्टेरिङ हुँदैन, त्यसको साटो कारमा एक चलायमान उठेको भाग हुनेछ जसले चालक र कारलाई एकाकार हुन सहयोग गर्छ । त्यस नियन्त्रण भागले अन्य कैयौँ विशेषता पूरा  निभाउँछ ।
यो कारले आफ्ना चालकलाई उसको हृदयगति वा सासमार्फत पहिचान गर्छ । कार चलेपछि सम्पूर्ण विशेषताहरु रहेको एक भर्चुअल स्क्रिन चालकको हातमै देखिन्छ । त्यसपछि उसले सोचेर भावि कदम उठाउन सक्छ ।

भिजन एभीटीआर गँगटो जसरी पनि हिँड्न सक्छ । त्यस क्रममा कारका चारवटै चक्का ३० डिग्री घुम्छन् ।

मर्सिडिज बेन्ज भिजन एभीटीआर हाल निर्माणाधीन अवतार–२ फिल्मका निर्मातासँगको सहकार्यमा निर्माण गरिएको हो । कारको भित्र बाहिर बल्ने बत्ती पहिलो अवतार फिल्ममा देखिएको प्यान्डोरा ग्रहको रङसँग मिल्छ ।

ग्राहकले डिजाइन दिनसक्ने फियाट सेन्टोभेनी

फियाट क्रेस्लर अटोमोबाइलले सीईएसमा यस्तो कार प्रस्तुत गरेको छ, जसलाई ग्राहकले आफूले चाहेको रूप रङ दिन सक्छ ।

फियाट क्रेस्टरले यो मोडलको कार सादा रूपमा आउँछ र पछि ग्राहकले आफ्नो रुचि अनुरूपको आवरणमा फेरबदल गर्न सक्छन् ।

हाल पूरै बदल्न नसके पनि ग्राहकले कारको रङलाई चार विभिन्न बडी र्‍यापर र त्यस्तै चार अलग रङका बम्पर तथा छानो दिएर रूप फेर्न सक्छ ।

सोनीको अत्याधुनिक कार
सोनी मुख्यतः कार कम्पनी होइन तर उसले पनि यो सीईएस मेलामा कारको ‘नमुना’ सार्वजनिक गरेको छ ।

बाहिरबाट हेर्दा परम्परागत कारजस्तो देखिने यो कारभित्र सोनीका क्यामेरा, दूरसञ्चार र सेन्सर प्रविधि जडान भएको छ ।

यो कार विद्युतीय पनि हो । भावि कारको परिकल्पनाको रूपमाम प्रस्तुत यो कार कहिले बजारमा आउँछ सोनीले स्पष्ट गरेको छैन ।

एलेक्साजडित ल्याम्बोर्घिनी

यो वर्षको प्रारम्भमा बजारमा आउने नयाँ ल्याम्बोर्घिनी हुरक्यानले अमेजन एलेक्साको अहिलेसम्मकै सबैभन्दा व्यापक समायोजन ल्याएको छ ।

कारमा जडित एलेक्सामार्फत चालकले दिशा हेर्ने, सङ्गीत सुन्ने र ग्यारेजको ढोका खोल्ने र सिटको हिटर चलाउने र आन्तरिक प्रकाश मिलाउन सक्छ ।

भावि दिनमा थप क्षमता थप्नका लागि अमेजनसँग काम गरिरहेको ल्याम्बोर्घिनीले बताएको छ । एलेक्सा आवाज नियन्त्रणले अहिले नै कारको वाहनसम्बन्धी काम गर्ने छैन । तर सुरक्षा परीक्षणपछि त्यस्तो अवस्था आउने कम्पनीले बताएको छ ।

टोयोटाले स्वचालित कार परीक्षण गर्न ‘सहर’ बनाउने 

टोयोटाले जापानमा दुई हजार मानिसको एक ‘परीक्षण सहर’ बनाउनेछ । त्यस सहरमा उसले स्वचालित कार र मानिसलाई सघाउने रोबर्टजस्ता नयाँ प्रविधिको परीक्षण गर्नेछ ।

‘वुभन सिटी’ नामक सहर जापानको फुजी हिमाल नजिकको पूर्वटोयोटा उद्योग रहेको १७५ एकड क्षेत्रमा बन्नेछ ।

सम्पूर्ण सहर नै प्रयोगशालाको रूपमा रहने उक्त स्थानका सुरुवाती बासिन्दा टोयोटाका वर्तमान र अवकाश प्राप्त कर्मचारी हुनेछन् । त्यस अतिरिक्त त्यहाँ अनुसन्धानदाता पनि हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: