मुख्य समाचार

धुर्काेट र बन्दिपुरबिच भगिनी सम्बन्ध

हुमाकान्त पाेखरेल, गुल्मी ।
०२ पाैष ।
पर्यटन पर्वर्धनका लागि प्रदेश ५ काे धुर्काेट गाँउपालिका र गण्डकी प्रदेशकाे बन्दिपुर गाँउपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएकाे छ । बन्दिपुर गाँउपालिका अध्यक्ष पूर्णसिहं थापा र धुर्काेट गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले संयुक्त रूपमा हस्ताक्षर गरि सम्बन्ध स्थापना भएकाे अाैपचारिक घाेषणा गरेका हुन् । धुर्काेट गाँउपालिकाले बन्दिपुर गाँउपालिकाकाे पर्यटकिय स्थलकाे निर्माण र प्रचार तथा बन्दिपुर गाँउपालिकाले धुर्काेट गाँउपालिकाकाे कृषि र कृषिजन्य सामग्रीकाे बजारीकरण, पर्यटकिय स्थलकाे निर्माण र प्रचार-प्रसार, व्यवसायिक क्षेत्र लगायतका कार्यमा सहयाेग अादान-प्रदान हुने गरी भगिनी सम्बन्ध स्थापना गरिएकाे हाे । भगिनी सम्बन्धपछि उध्धमशिलता तथा सीप विकास, एेन, कानुन, भाैतिक संरचना निर्माण लगायत विकास निर्माणका काममा एक-अर्काका अनुभव साटासाट हुने धुर्काेट गाँउपालिकाका अध्यक्ष पाेखरेलले जानकारी दिए । बन्दिपुर र धुर्काेट जाने अान्तरिक तथा बाह्य पर्यटकलाई एक-अर्काका पर्यटकिय स्थलबारे जानकारी गराउने र घुम्नकाे लागि प्रेरित गर्ने, अान्तरिक तथा बाह्य पर्यटकमा बृद्धि गर्न एक-अर्काले सहयाेग गर्ने, उन्नत कृषि बालि, व्यवसायीक कृषि तथा पशुपालन लगायतका क्षेत्रमा प्रयाेग गरिदै अाएका प्रविधि तथा ज्ञान सिपकाे अादान-प्रदान गर्ने गरि सम्झौता गरिएकाे बन्दिपुर गाँउपालिकाका अध्यक्ष थापाले जानकारी दिए । हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका उध्धाेग, वन तथा पर्यटनमन्त्री विकास लम्साल, ५ नम्बर प्रदेश सभा सदस्य दिनेश पन्थी, गण्डकी प्रदेश सभा सदस्य अाशा काेइराला, वाग्लुङकाे ताराखाेला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ती, तीनै गाँउपालिकाका उपाध्यक्षहरू लगायतकाे उपस्थिति रहेकाे थियाे । गत कार्तिक २७ गते ताराखाेला गाँउपालिकामा धुर्काेट र ताराखाेला तथा ताराखाेला र बन्दिपुर गाँउपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएकाे थियाे । याे सँगै अब धुर्काेट, ताराखाेला र बन्दिपुर गाँउपालिकाले अाैपचारिक रूपमा एक अर्कामा भगिनी सम्बन्ध स्थापना गरेका छन् ।
भ्रमण बर्षलाई सहयाेग
गुल्मीको धुर्काेट र वाग्लुङकाे ताराखाेला गाँउपालिकाले २०७८ लाई भ्रमण बर्षकाे रूपमा मनाउदैछन् । अहिले पनि नेपाल भ्रमण बर्ष २०२० चलिरहेकाे छ । नेपाल भ्रमण बर्ष तथा दुई गाँउपालिकाले ०७८ मा मनाउन लागेकाे भ्रमण बर्षलाई भगिनी सम्बन्धले सहयाेग गर्ने लक्ष्य लिइएकाे छ । धुर्काेट गाँउपालिकामा विचित्र गुफा, धुर्काेट काेत, कुमारीदेवी मन्दिर लगायतका पर्यटकिय स्थलहरू छन् भने ताराखाेलामा भुष पाेल्ने मेला, ढुङ्गाबाट बनाइएका कलात्मक छाना, ट्राउट माछा, अल्लाे कपडा, साँस्कृतिक नृत्य लगायतका कला सँस्कृतिहरू पर्यटककाे लागि अाकर्षित मानिन्छन् । ताराखाेलामा गाँउपालिका र प्रदेश सरकारकाे अनुदानमा दुई/दुई गरि चारवटा हाेमस्टे संचालनमा छन् । ताराखाेलामा जाने पर्यटकलाई तिनै हाेमस्टेमा व्यवस्थापन गर्ने याेजना रहेकाे गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । धुर्काेट गाँउपालिका ३ हाडहाडेमा पनि हाेमस्टे संचालनकाे तयारी भइरहेकाे छ । यसरी भगिनी सम्बन्धले गाँउपालिकास्तरिय भ्रमण बर्षलाई सहयाेग गरि जनताकाे अार्थिक जिवनस्तर उकास्ने लक्ष्य लिइएकाे धुर्काेट गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले बताए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: