समाचार

हवाई भिजिबिलिटी ५० मिटरभन्दा कम

काठमाडौं,माघ ५। दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ । हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो ।विमास्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरु  ठप्प भए ।‘बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरुपमा सुचारु भयो ।’ सो शाखाका एक अधिकारीले भने ।सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक पर्ने विज्ञहरु बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: